नेपालमा कोरोनाविरुद्धको चिनियाँ खोप ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालमा कोरोनाविरुद्धको चिनियाँ खोप ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो ।

स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी) क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो । जसमध्ये इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटको सहकार्यमा गर्न लागिएको कोलेरा भ्याक्सिन र चीनमा उत्पादन भएको कोरोनाको भ्याक्सिनले अनुमति पाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस