गायक जेबी टुहुरेको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गायक जेबी टुहुरेको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । राट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै ‘प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको’ बताएकी छन् ।

प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पुर्‍याभएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस