पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद


१० भाद्र २०७८, बिहिबार


जनकपुरधाम । धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए ।

यसअघि २५ साउनमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस