एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छः नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छः नेपाल


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् ।

दल दर्ताले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए । उनले अघि भने, ‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस्, कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् ।’

नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस