इरानका नयाँ मन्त्रीको नामावली संसदबाट पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इरानका नयाँ मन्त्रीको नामावली संसदबाट पारित


१० भाद्र २०७८, बिहिबार


तेहरान । इरानका नयाँ मन्त्रीको नामावली संसदबाट पारित भएको छ ।

राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसदमा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो ।

राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसदबाट पारित भएको हो ।

उनले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ । शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ ।

उनले संसदमा गत शनिबार नामावली पेस गर्नु भएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ । मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस