दोहोरो अंकले बढ्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोहोरो अंकले बढ्यो नेप्से


१० भाद्र २०७८, बिहिबार


शेयर बजार

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७.५७ अंकले घटेर ३ हजार ९४.०१ अंकमा झरेको छ ।

कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।

बिहीबार विकास बैंक र हाइड्रोपावर धेरै बढेको छ । हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।

यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ । बाँकी सबै समूहहरु १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस