प्रतिस्थापन विधेयक ल्याउने तयारीमा सरकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिस्थापन विधेयक ल्याउने तयारीमा सरकार


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ ।

नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरु गरिएको हो ।

अर्थमन्त्रालयले बिहीबार अन्य मन्त्रालयका सचिवहरुलाईसमेत बोलाएर प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन सचिवहरूलाई निर्देशन दिएका छन् ।

अध्यादेश बजेट परिमार्जन गर्दा सङ्घीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरूमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस