प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन नेपालकाे आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन नेपालकाे आग्रह


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन आह्वान गरेका छन्।

नयाँ पार्टी गठन गरेपछि नेपालले पहिलो पटक बिहीबार (आज)पत्रकार सम्मेलन गरि केपी ओलीको कदमको विरोध गर्दै पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका हुन्।

नेपालले राष्ट्र र देशको जिम्मेवार बोकेर क्रान्तिकारीहरु पार्टी पुनर्गठनमा जुटेको बताएका छन्। उनले देशका क्रान्तिकारी कार्यकर्ताहरु रहेको बताएका छन् । उनले भने, ‘एमालेको अत्याचारविरुद्ध लागेका मेचीदेखि महाकालीसम्मका क्रान्तिकारीहरु हाम्रो पार्टीमा छन्। ओली समूहमा रहेका धेरै कार्यकर्ता यता आउनेछन्।’

ओली व्यक्तिप्रति समर्पित बनेको तर पार्टी, देश, जनताका निम्ति समर्पित नभएको नेपालले बताए । जनताबाट निर्वाचित भएका वडा र पालिकाका जनप्रतिनिधि, प्रदेश सांसद र संघीय सांसद सुरक्षित नहुने भएकाले तत्काल पार्टी खोल्न नसकेको धारणा नेपालले राखे। उनले अध्यादेशले निकास दिने भएकाले अहिले नयाँ पार्टी खोलेको जानकारी गराए।

Tags :
प्रतिक्रिया दिनुहोस