आज पनि काँग्रेस जिल्ला सभापतिको रिले अनशन जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज पनि काँग्रेस जिल्ला सभापतिको रिले अनशन जारी


१० भाद्र २०७८, बिहिबार


काठमाडैँ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार (आज) दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् ।

आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बसेका छन् । त्यस्तै ‘सबल काँग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरी गुरागाईं पनि अनशनमा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस