एमाले केन्द्रीय कमिटी बैठक शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले केन्द्रीय कमिटी बैठक शुरु


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो ।

एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।

१० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस