गायक जेबी टुहुरेको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गायक जेबी टुहुरेको निधन


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ।

लामो समयदेखि बिमारी भएका टुहुरेको आज (बिहीबार) निधन भएको हो ।

गत मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघातपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।

उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस