२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला

अ+ अ-

काठमाडौँ । नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको छ ।

नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहेकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। स्व सिंहको जन्म विसं १९८१ मा काठमाडौँमा भएको हो । विसं १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजा परिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उनी जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन्।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउँछिन्। मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एक तिहाइ अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । ‘देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो’, उनी भन्छिन् ।

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष भएकी थिइन्। विसं २००५ मा पद्म शमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी जुलुस लिएर राणाको दरबार पुगेकी थिइन् । विसं २००७ को सशस्त्र क्रान्तिमा उनले ठुलो भूमिका निर्वाह गरेकी थिइन्। नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठुलो योगदान रहेको बताउँछिन् ।

‘निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो’, उनी भन्छिन् ।
उनलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उनी विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी थिइन् । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहेकी थिइन् । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भई। उनले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छिन् । सिंहको निधन विसं २०५३ भदौ १० गते भएको थियो ।

काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह उनका छोरा हुन् । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उनको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।

मङ्गलादेवीको सालिकमा माल्यार्पण

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उनको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा काँग्रेस नेता प्रकाशमानलगायत नेताले सालिकमा माल्यार्पण गरे।

माल्यार्पणपछि काँग्रेस नेता प्रकाशमानले नेपालको महिला मुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिला नेत्री उनी भएको बताए। महिलालाई सङ्गठित बनाउन मङ्गलादेवीको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । ‘नेपालमा एकतन्त्रीय राणा शासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व मङ्गलादेवीको महत्त्वपूर्ण योगदान रहेको छ’, उनले भने ।

अर्को फरक प्रसङ्गमा उनले प्रजातान्त्रिक पार्टी काँग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताए । विधि, प्रक्रिया पूरा नगरेकाले अहिले काँग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उनको भनाइ थियो । उनले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गरे। पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व मन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, काँग्रेस काठमाडौँका सभापति सबुज बानिँया, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला सङ्घ काठमाडौँका सभापति विष्णुदेवी पुडासैनीलगायतको सहभागिता थियो ।