कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु


१० भाद्र २०७८, बिहिबार


जाजरकोट । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ ।

करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए।

बुधबार भवनको औपचारिकरुपमा पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे।

जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुसी भएका छन् ।

केन्द्रमा एक वर्षमा रु १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञान ज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस