भारतमा सबै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्ध गराइने–स्वास्थ्य मन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा सबै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्ध गराइने–स्वास्थ्य मन्त्री


१० भाद्र २०७८, बिहिबार


नयाँ दिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।

केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्विटर मार्फत बताएका छन् ।

यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उनले थप जानकारी दिएका छन् ।

त्यसै गरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस