कालिका नगरपालिकाद्वार चार सामुदायिक विद्यालयलाई स्कुल बस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कालिका नगरपालिकाद्वार चार सामुदायिक विद्यालयलाई स्कुल बस


९ भाद्र २०७८, बुधबार


चितवन । कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई वटा र आव २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आव २०७६/७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक/एक वटा बस हस्तान्तरण गरिएको हो । आव २०७७/७८ को बजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पद्मपुरको भीमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

श्रेष्ठले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताका लागि सेवा थप गरिएको जानकारी दिए । उनले भने,’सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ ।’ शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उनले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताका लागि अझै पनि समस्या रहेको बताए ।

चेपाङ बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकामा ३५ सामुदायिक र ११ संस्थागत विद्यालय रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस