उपत्यकाको फोहोर अझै एक साता नउठ्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाको फोहोर अझै एक साता नउठ्ने


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ। बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माण सक्न अझै एक साता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो।

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए। साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन।

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माण गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने। ११ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर नियमित उठ्न सकेको छैन। साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई एक साता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस