धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए ।

आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् । ढकालले आफू उक्त पदमा बस्न नचाहेको भन्दै महासंघ अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेको जानकारी दिइएको छ। महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन उनले अध्यक्ष गोल्छालाई आग्रह गरेका छन्।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । साउद सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो । ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवाद भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत विवादमा तानिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस