सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना, तीन जनाको मृत्यु, २५ घाइते « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना, तीन जनाको मृत्यु, २५ घाइते


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौँ आउँदै गरेको युत्रुबाहक बस सुनकोशी गाउँपालिका ३ कालिकास्थित मिलडाँडा नजिकै थापगाउँको घुम्तीमा दुर्घटना भएको छ ।

बा ३ ख ८०३० नम्बरको अरनिको यात्रुबाहक बस बुधबार दिउँसो दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा २५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।

बस दुर्घटनामा २ पुरुषलाई बसले किचिएको थियो । उनीहरुको दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। अर्का एकको भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

बसले किचेको शव स्काभेटरको मद्धतले निकालेको डिएसपी बस्नेतले बताए । । बस सडक भन्दा करिब २५ मिटर तल खसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस