बलात्कारकाे आरोपमा इञ्जिनीयर चौधरी कारागार चलान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बलात्कारकाे आरोपमा इञ्जिनीयर चौधरी कारागार चलान


९ भाद्र २०७८, बुधबार


सप्तरी । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेकाे आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झुटो भएको जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस