पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आयल निगमको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आयल निगमको आग्रह


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले उक्त आग्रह गरेको हो ।

मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । निगम अन्तर्गतको प्रदेश एक, बागमती र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट व्यवसायीले पीडीओ नलिने १५ दिने अल्टिमेटम निगमका कार्यालयलाई जानकारी दिएका थिए ।

व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसँग वार्ता र छलफल हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यवश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस