खुल्यो तेह्रथुम पावर कम्पनीको आईपीओ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खुल्यो तेह्रथुम पावर कम्पनीको आईपीओ


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ बुधबारदेखि खुल्ला भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस