दुवै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुवै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना सङ्क्रमण


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।

गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी दिएकी छन्।

सिंहले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि सङ्क्रमित भएको बताएकी छन्। गौरिकाका अनुसार उनलाई कोरोना सङ्क्रमणको कुनै पनि लक्षण देखिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस