नेकपा माओवादी केन्द्रको प्रवक्तामा महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा माओवादी केन्द्रको प्रवक्तामा महरा


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ।

माओवादी केन्द्रीय कमिटीको बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

यसअघि पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ।

यसै गरी अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै नारायण शर्मालाई प्राध्यापक सम्बद्ध सङ्गठनहरूको इन्चार्ज बनाइएको छ भने केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस