सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ । 

संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा समायोजन भएका ३४ शाखा अधिकृतहरूलाई सङ्घमा पदस्थापन गरी विभिन्न निकायमा खटाएको हो ।

जसमध्ये आधा भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने १० जना प्रमुख प्रशासकीय अधिकृत र बाँकी विभिन्न मन्त्रालय तथा अन्तर्गतका निकायमा समायोजनसहित पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस