१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमालेले बनायो ६ सदस्यीय कार्यदल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमालेले बनायो ६ सदस्यीय कार्यदल


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेले पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

त्यस्तै बैठकले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । त्यस क्रममा जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने एमालेले निर्णय गरेको छ । एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा छलफल गर्न आगामी भदौ २५ र २६ गते स्थायी कमिटी र २७,२८ गते केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएको छ ।

माधव नेपालसँग विभाजनको प्रक्रियामा नजोडिएका नेतासहित बसेको बैठकले पार्टीका महाधिवेशनको मिति समेत तय गरेको छ । केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ । त्यस्तै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस