स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ। काठमाडौँबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका(२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्षमण पौडेल, काठमाडौं(२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडका रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं(२२ खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद भएको थियो । पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । पौडेलले दिएको सूचनाको आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका अग्रवालको साथबाट पनि स्रोत नखुलेको ५४ लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । अग्रवालको साथमा रहेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनको कामदार खड्कालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस