स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झायोः खनाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झायोः खनाल


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।

त्यसक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए । स्थायी कमिटीका नेताहरु एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिव अन्त्य भएको बताए ।

अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौँ आइपुग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस