बाराका तत्कालिन वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाराका तत्कालिन वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । विरुवा खरीदमा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि महंगोमा खरीद गरी रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

तत्कालिन जिल्ला वन अधिकृत घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय (घ) बमोजिम सजाय माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस