नेपाल स्टक एक्सचेन्जका सीईओ साउदले राजीनामा दिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल स्टक एक्सचेन्जका सीईओ साउदले राजीनामा दिँदै


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा परेका थिए ।

उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयसँग माग गरेका थिए ।

उनले आजै अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बताएको छ । साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस