अब भौतिक उपस्थितिमै उपत्यकामा गोष्ठी, सेमिनार गर्न पाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अब भौतिक उपस्थितिमै उपत्यकामा गोष्ठी, सेमिनार गर्न पाइने


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ ।

मंगलबार (आज) बसेको काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो ।

‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने । भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा बढीमा २५ जनासम्मको सहभागिता हुने गरी भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सक्ने छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस