एमालेको स्थायी कमिटी बैठक सर्‍यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेको स्थायी कमिटी बैठक सर्‍यो


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

बैठक आज (मंगलबार) बिहान ११ बजेका लागि तय भएको थियो ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ ।

मंगलबारको बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार : एमालेको स्थायी कमिटी बैठक बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस