कुलमान विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुलमान विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा राखिएकोमा आज सुनुवाइ हुन लागेको हो ।

शाक्यले आफूलाई गैर कानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने रिटमा माग गरेका छन् ।

साउन ३२ मा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दाय गरेका थिए ।

सम्बन्धित समाचार : प्राधिकरणमा कुलमानको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस