इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो


८ भाद्र २०७८, मंगलबार


सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा ठुलो पहिरो गएको छ ।

गए राति ९ बजे गएको पहिरामा मेगा बैङ्कमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए।

निरन्तरको वर्षापछि आएको पहिरोले मेलम्ची भेताङग जोड्ने मोटर बाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्नसमेत अति डर मर्दो अवस्था रहेको भुजेलले बताए।

असार १ र त्यसपछिका बाढीपहिरोले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठुलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस