पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको माग


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरी गरिएको मूल्यवृद्धिको घोर भर्त्सना गरेका हुन् ।

तिमल्सीनाले उपभोक्ता चरम पीडा परिरहेको समयमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, सङ्कटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरुको शीर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बिच पटक-पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको नेविसंघको ठहर छ ।

नेपाल आयल निगमले हिजो (सोमबार) रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस