तालिबानले घानीलाई माफी दिने, देश फर्कन आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तालिबानले घानीलाई माफी दिने, देश फर्कन आग्रह


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै तालिबानका वरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले उनीहरुलाइ देश फर्कन आग्रह गरेको हो ।

यस्तै प्रमुख हक्कानीले आफुहरु विरुद्धको युद्धमा अफगान सेनाको नेतृत्व लिएका जर्नेलसहित सबै सैनिकलाई पनि माफी दिइएको घोषणा गरेका छन् ।

आफुहरु विरुद्ध युद्ध लड्ने जो कोहीसँग पनि बदला लिने जनाएको तालिबानले पछिल्लो समय निर्णय फेर्दै माफी दिने घोषणा गरेको हो ।

तालिबान नेताले घानीलगायत उच्च पदस्थ व्यक्तिहरू स्वदेश फर्केमा भव्य स्वागत गर्ने पनि बताएका छन् । उता अफगान राष्ट्रपति घानीका भाइ ऐहशमत गनीले तालिबानलाई साथ दिने बताएका छन् ।

तालिबान नेता मुफ्ती महमुद जाकिरको उपस्थितिमा ऐहशमतले तालिबानलाई साथ दिने वचन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस