आयल निगमले फेरि बढायो पेट्रोल र ग्यासको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयल निगमले फेरि बढायो पेट्रोल र ग्यासको मूल्य


७ भाद्र २०७८, सोमबार


काठमाडौँ। नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको छ । एसपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको छ ।

त्यसै गरी निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन९अन्तर्राष्ट्रिय उडान०मा प्रति किलोमिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोमिटर कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको निगमले गत असार ३० गते पनि मूल्य बढाएको थियो । त्यसअघि पनि छोटो अवधिमा मूल्य वृद्धि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस