विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा मिडियाका नाममा पौने करोड ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा मिडियाका नाममा पौने करोड !


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिकोत्सवमा मिडियामा मात्रै झन्डै पौने करोडको रुपैयाँ वितरण गरेको छ ।

प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा ७३ लाख १८ हजार पाँच सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको भेटिएको हो ।

वार्षिकोत्सवका अवसरमा मिडियालाई विज्ञापन दिने भनेर बोर्ड नै स्वीकृत गरेअनुसार वितरण गरिएको प्राधिकरणका कुलमान घिसिङले बताए ।

मिडियालाई प्रभावमा पार्न बिना कुनै मापदण्ड मनलाग्दी पत्रपत्रिका, अनलाइन र टिभीमा पैसा बाँडेको भन्दै अख्तियारमा उजुरी परेपछि उक्त रकम खर्च भएको बाहिरिएको हो । यस अघिसमेत वार्षिक करोडौँ रुपैयाँ खर्च विज्ञापनका खर्च गरेकोले सोसमेत छानबिनका लागि भन्दै आयोगमा उजुरी परेको आयोग स्रोतले जनाएको छ ।

३५औँ वार्षिकोत्सवमा मात्रै १ सय ४४ मिडियालाई रकम उपलब्ध गराएको भेटिएको छ ।

हेर्नुहोस् विवरण

Tags :
प्रतिक्रिया दिनुहोस