अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस