लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


७ भाद्र २०७८, सोमबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुनस् साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् ।

लुम्बीनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले गत साउन २७ गते पदबाट राजीनामा दिएपछि केसीले साउन २८ गते बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

उनी नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस