लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह अस्वीकार गरेपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । तर एमालेले उनीहरुलाई कारबाही नगरेसम्म संसद् बैठक चल्न नदिने अडान लिएको छ ।

सोमबार प्रदेशसभा बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस