उद्धार उडानकै क्रममा अफगान महिलाले जन्माइन् बच्चा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उद्धार उडानकै क्रममा अफगान महिलाले जन्माइन् बच्चा


७ भाद्र २०७८, सोमबार


काठमाडौँ। अफगानिस्तानकी एक महिलाले अमेरिकी एयर फोर्सको उद्धार उडानको क्रममा बच्चालाई जन्म दिएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् ।

आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको बिबिसीले जनाएको छ । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।

युएस एयर फोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र उनीहरू नजिकैको अस्पतालमा रहेको बिबिसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस