अफगानिस्तानबाट आज थप १५० जना नेपाली स्वदेश फर्किँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानबाट आज थप १५० जना नेपाली स्वदेश फर्किँदै


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । अफगानिस्तानबाट आज १५० जना नेपाली काठमाडौँ आउँदै छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दिउँसो चार बजे जोर्डन एभिएसनको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्कने तय भएको हो ।

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस