एकता पक्षधर नेताहरु बालकोटमा, ओलीसँग वार्ता हुँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एकता पक्षधर नेताहरु बालकोटमा, ओलीसँग वार्ता हुँदै


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको एकताको पक्षमा उभिने भन्दै माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका नेताहरु अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनको निवास बालकोट पुगेका छन्।

एमाले नेता माधव नेपाललाई साथ नदिएका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका हुन्।

१० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बालकोट पुगेका हुन् ।

उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए।

बालकोटमा ओलीसँग भेट्नुअघि उनीहरुले ओली समूहका नेता शंकर पोखरेलसँग कुराकानी गरेका थिए।

अहिले ओली र एकताको पक्षमा रहेको बताउने नेताहरुबीच बालकोटमा वार्ता भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस