पौडेल पक्षका नेताहरुको बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पौडेल पक्षका नेताहरुको बैठक जारी


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

काठमाडौँको एक होटलमा जारी रहेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘आगामी महाधिवेशनबारे छलफल गर्न बसेका छौँ । छलफलको क्रममा साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल हुन सक्छ ।’

नेपाली काँग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औँ महाधिवेशनको कार्य तालिका पटक-पटक संशोधन गरिएको छ ।

पछिल्लो पटक काँग्रेसले मङ्सिर ९-१३ सम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस