निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तरको परीक्षा सञ्चालन गर्ने त्रिविको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तरको परीक्षा सञ्चालन गर्ने त्रिविको निर्णय


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

विश्वविद्यालयले भदौमा सञ्चालन गर्ने विभिन्न तहको परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएपछि अब नियमित रूपमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने तालिका रहेको छ । त्यसपछि स्नातक तह एक वर्षे बी.एड र वार्षिक परीक्षा प्रणाली अनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदै छ ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले अब नियमित रूपमा परीक्षा सञ्चालन हुने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस