अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा


७ भाद्र २०७८, सोमबार


काठमाडौँ। दक्षिण पूर्वी एसियाली देशहरुको भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्त्वपूर्ण भेटघाट गर्दै छिन् ।

आइतबार अपराह्न सिंगापुर पुगेकी ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह याकोप र प्रधानमन्त्री लि हैसेनलगायतसँग भेटघाट गर्दै छिन् ।

दक्षिण पूर्वी एसियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न र एसिया प्यासिफिक तथा ईण्डोप्यासिफिक सुरक्षा रणनीतिलाई मजबुद बनाउन ह्यारिसको यो भ्रमणलाई अर्थपूर्ण भनिएको छ ।

सिंगापुरको भ्रमण सकेर उपराष्ट्रपति ह्यारिस भोलि भियतनाम जाने कार्यक्रम छ । अफगानिस्तानलाई लथालिङ्ग अवस्थामा पुर्‍याएर छाडेको आरोप खेपिरहेको अमेरिकाका लागि यस क्षेत्रका देशहरुसंगको सम्बन्ध जोगाई राख्नु चुनौतीपूर्ण भएको विश्लेषण भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस