पोखरास्थित महेन्द्र पुल नजिकको सडक भासियो « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पोखरास्थित महेन्द्र पुल नजिकको सडक भासियो


७ भाद्र २०७८, सोमबार


पोखरा । कास्कीको पोखरास्थित महेन्द्र पुल सेलवेज गेटको पारी, गरिमा विकास बैङ्क अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।

पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । उक्त भ्वाङमा एउटा बिजुलीको पोल समेत परेको छ ।

नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्र पुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।

हिजो आइतबार राति भ्वाङ नै परेपछि महेन्द्र पुल क्षेत्रका स्थानीय त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

‘पानी परिरहेको छ र पानीको भल त्यसैबाट छिरिरहँदा अझै भासिने र महेन्द्र पुल क्षेत्रमा क्षति पुग्ने हो कि भन्ने डर छ’ उनले भने । अहिले भल तर्काउने र ढुङ्गा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस