नासुको लिखित परीक्षाको नतिजा प्रकाशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नासुको लिखित परीक्षाको नतिजा प्रकाशन


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै धनकुटा कार्यालयको विज्ञापन नं.१०००२-१०००७/०७७-०७८ को नतिजा सार्वजनिक गरेको हो ।

आयोगको धनकुटा, इलाम र खोटाङ कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित ४७२१ जना उम्मेदारहरुमध्ये १६५२ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस