भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेट भएको जानकारी चौथाईवाले दिएका हुन्।

भेटमा दुई देशबिचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ।

चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएका थिए ।

प्रधानमन्त्री देउले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको बेला भएको आकस्मिक भेटलाई चासोका साथ हेरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस