व्यापारीलाई प्रशासनले भन्यो -स्वास्थ्य मापदण्ड पालना गर्नुस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

व्यापारीलाई प्रशासनले भन्यो -स्वास्थ्य मापदण्ड पालना गर्नुस्


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई पुनः सचेत गराएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, वसन्तपुर, सुनधारालगायत बजार क्षेत्रको अनुगमन गर्दै कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई सचेत गराएको हो।

त्यस क्रममा मास्कसमेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्ना पसलमा आउने ग्राहकका लागि अनिवार्य मास्क र स्यानिटाइजरको व्यवस्था गर्न पनि व्यापारीलाई निर्देशन दिएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए–नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस